पिर्काले हानेर आफ्नै बुबाको हत्या ।

रोल्पामा छोराले आफ्नै बुबाको हत्या गरेका छन्।त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय सन्दीप घर्तीले पिर्काले हानेर ५४ वर्षीय बुबा मानसिंह घर्तीको हत्या गरेका हुन्।

आज बिहान ९ बजे घरको भान्सा कोठामा बसेर जाँडरक्सी खाइरहेका उनीहरुबीच घरायसी कुरामा विवाद हुँदा सन्दीपले पिर्काले हानेका थिए ।

काठको पिर्काले टाउकोमा हान्दा मानसिंहको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीले सन्दीपलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post