प्रेममा परेका रोशनी र शरदको १० बजे राति घरबाट निस्किदा बँदेल मा°र्न थापेको विद्युतीय पासोमा परि मृ°त्यु


१३ दमारगाउँकी १५ वर्षीया रोशनी महतरा र जिल्लाकै दंगीशरण गाउँपालिका वडा नं। ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको मृ°त्यु बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर भएको पुष्टि भएको छ ।

दाङका रोशनी महतरा र शरद आचार्यको मृ°त्यु बँदेल मार्ने समुहबाट भएको तथ्य खुलेको छ । उनीहरु दुवैको शब स्थानीय जंगलको चिरोमा एकै ठाएँमा असोज ३० माटोले पुरेको अवस्थामा फेला परेको थियो ।

घटनामा संलग्न चार जना दमारगाउँका व्यक्ति पक्राउ परेका छन् । घटना अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार पक्राउ परेकाहरुले करेन्टबाट उनीहरुको मृ°त्यु भइसकेपछि बोरामा हालेर शब चिरोमा फालेको र फरुवाले माटो खनेर भाटेको स्वीकार गरि सकेका छन् ।गाउँकै चार जना ब्यक्तिले बँदेल मार्नलाई भनेर रोशनीको घर नजिककैको कुखुरा फारमबाट बिजुली बत्तिको तार तानेर करेन्टको धराप बिच्छाएका थिए ।

सोही धरापमा परि रोशनी र शरदको मृ°त्यु भएको थियो । त्यसपछि घटना छिपाउन उनीहरुले ढुंगाले टाउको लगायत शरीरका बिभिन्न भागमा आ क्रमण गरि शव व्यवस्थापन गरेको भन्ने खुलेको प्रहरीले बताएको छ ।

रोशनी र शरद आपसमा प्रेममा थिए । त्यही कारण उनीहरु एक अर्कालाई भेट्न असोज २७ गते राति करिब सवा दश बजेतिर घरबाट निस्किएका थिए । त्यही क्रममा उनीहरुको विद्युतीय धरापमा परेर एकै साथ मृ°त्यु भएको पक्राउ परेका चार जनाले बताएका छन् ।


Post a Comment

Previous Post Next Post