कृतिम गर्भाधारणबाट सुनसरीको इटहरी–२० तरहरा बस्ने ३० वर्षीया रमा चौहानले तिम्ल्याहा नवजात शिशुलाई जन्म दिएकी छिन् । कात्तिक १० गते विराटनगरस्थित विराट नर्सिङ होममा ६ महिनाकै तिम्ल्याहा छोरी जन्माएकी हुन् ।
आईभिएफ अर्थात् कृत्रिम गर्भाधारण विधिबाट चौहानले छोरी जन्माएकी हुन् ।आमा र ३ वटै छोरीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार छोरी जन्मिदा उनीहरुको तौल सामान्यभन्दा निकै कम थियो । एउटाको ८०० र बाँकी दुईवटा छोरीको तौल ९०० ग्राम मात्र थियो ।