यस्तो छ आजको सुनको मूल्य हेर्नुहोस

सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य बढेको र चाँदीको स्थिर रहेको जनाएको छ ।

जसअनुसार छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ छ ।

सोमबार यसको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ कायम थियो । यससँगै, चाँदीको मूल्य भने स्थिर छ ।

महासंघले चाँदीको मूल्य तोलामा १२ सय ६५ रूपैयाँ तोकिएको जनाएको छ ।

Post a Comment

Previous Post Next Post