दाँत दुख्ने समस्याले गिँजा पाकेपछि सिकिस्त भएकी वडा सदस्य पदमकुमारीको मृ’त्यु


खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडा सदस्य पदमकुमारी नेपालीको मृ’त्यु भएको छ । दाँत दु ख्ने समस्याले गिँ जा पाकेपछि सि’कि’स्त भएकी वडा सदस्य नेपालीको बुधबार राति २ बजे मृ’त्यु भएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गिँ जाको शल्यक्रियापछि बिराट नर्सिङ होम रेफर गरिएकी नेपालीको इटहरी नपुग्दै मृ’त्यु भएको हो ।

जिल्ला अस्पताल दिक्तेलले रेफर गरेपछि तीन दिनअघि उनलाई धरान पुर्‍याइएको थियो । धरानमा आइसियू अभाव भएको भन्दै रेफर गरेपछि बिराटनगर लैजानेक्रममा नेपालीको मृ’त्यु भएको उनका भाइ विजय नेपालीले बताए । लामो समयदेखि दाँ त दु ख्ने समस्याबाट ग्रसित उनको गिँ जा काटेर पि’प निकालिएको थियो ।

शल्यक्रिया गरेको एक घण्टासम्म नेपालीको अवस्था सामान्य थियो । सिकिस्त अवस्थामा पुगेकोबेला विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसियूको अभाव देखाउँदै लापरबाही गरेको श्रीमान बलराम चर्माकारले बताए ।

नेपाली गत ३० वैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा बिजयी भएकी थिइन् । उनी नेकपा माओवादी केन्द्रको पालिका कमिटी सदस्य हुन् ।

Post a Comment

Previous Post Next Post