घरभित्र चुकुल लागेको अवस्थामा श्रीमान्-श्रीमती मृत भेटिए, भर्खर विदेशबाट आएका थिए श्रीमान बोलिन्द्र

बुटवल – रुपन्देहीको देवदहमा श्रीमान्–श्रीमती मृत फेला परेका छन्। मृत फेला पर्नेमा वैदेशिक रोजगारबाट छुट्टीमा आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर रहेका छन् ।

मगंलबार विहान देवदह नगरपालिका–५ पाल्पाली टोलमा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरभित्र चुकुल लागेको अवस्थामा श्रीमान्(श्रीमती मृत भेटिएको प्रहरीले जनाएको छ ।

श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा र श्रीमान्को शव पंखामा झु ण्डि एको अवस्थामा देखिएका छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post