बुढाबुढी नै अ,पांग सन्तान छैनन् दाइको घरमा शरणमा बस्छन्

जिन्दगीमा कोही मान्छे सफल हुन्छ भनेपनि उसलाई अरु कसैको साथ सहयोग र साहाराको आवश्यकता पर्दछ ।भन्ने धेरै सुनिन्छ फलानाको साथले फलानो सफल भयो अनि अरु पनि सुनिन्छ ।

फलानो सफल हुने थियो होला तर फलानाले साथ दिएन ।यसको मतलब कुनै पनि एक जिन्दगी सफल र सुखी बनाउन साथको आवश्यकता छ । एउटा मान्छेको जिन्दगी पुर्ण बनाउन उसको जिवन साथीको आवश्यकता पनि त्यसै कारणले परे होला ।

जसलाई साथको आवश्यकता छ उसलाई साथ दिने सारथी नै अशक्त भयो भने के होला ।रुपन्देही जिल्ला कञ्चन गाउँ पालिका वडा नं. ५ रुद्रपुर एउटा जोडी छ ।

बालकृष्ण राना र दुरमाया रानाको । बालकृष्ण र दुरमाया दुबै अ,पांग छन् । उनीहरुको आफ्नो भन्ने पनि केही छैन र दाइको घरमा बसेका छन् ।बालकृष्णका दुवै खुट्टा छैनन् । उनको ढाडमा लागेको घा,उ अझैसम्म पनि निको भएको छैन् ।

उनी १७, १८ वर्षका हुँदा गाउँमै रुखबाट ल,डेर यो अवस्थामा पुगेका थिए ।भने उनकी श्रीमती दुरमाया राना जन्माजात नै अ,पांग छिन् । दुरमायासँग बालकृष्णको बिहे उनकी बहिनीले गराइ दिएकी रहिछन् ।

बिहे त भयो तर बच्चा भएनन्, बच्चा भएको भए साहारा हुनेथिए होला भन्दै दुरमाया मन बिगार्छिन् । दुरमाया खाने कुरा कतैबाट जुट्यो भने खाना पकाउन सक्छिन् भने बालकृष्ण केही गर्न सक्दैनन् ।उनीहरुको बिदारक कथा पत्रकार रेशम बोहोराले सहयोगको अपील गर्दै आफ्नो सप्तरंगी संसारमा प्रशारण गरेका छन् ।

जापानमा बस्दै आएका रामजी पौडेलको पाँचहजार सहयोग सहित तयार पारिएको भिडियो तलको लिंकबाट हेर्न सकिन्छ ।

Post a Comment

Previous Post Next Post