न्युरोडमा पुरुषको शव यस्तो अवस्थामा भेटियो


काठमाडौंको न्युरोडमा एक पुरुषको शव फेला परेको छ ।
न्युरोडस्थित एक मन्दिरभित्र शव भेटिएको प्रहरीले जनाएको छ । अन्दाजी ५६–५७ वर्षीय पुरुषको शव भेटिएको हो ।

प्रहरीका अनुसार मृतकको पहिचान हुन नसके पनि ती ज्याला मजदुरी गर्ने व्यक्ति हुन् ।

कसैले उनको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । शव नजिकै एक लठ्ठी पनि भेटिएको छ ।

Post a Comment

Previous Post Next Post