घरको चुलोबाट सल्किएको आगोमा सुताइराखेको ५ महिने शिशुको ज,लेर मृ,त्यु….

बाजुरामा आगोमा जलेर पाँचमहिने शिशुको मृ,त्यु भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका–९ अगाउँपानीमा आगोले जलेर शिशुको मृ,त्यु भएको हो।

बिहान ज्ञानेन्द्र धामीको घरको चुलोबाट सल्किएको आगोमा परेर शिशुको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।प्रहरीका अनुसार चुलोको नजिकै सुताइराखेको शिशुको जलेर मृ,त्यु भएको हो। आजै बाजुराको सदरमुकाम मार्तडीको एउटा घरमा आगलागी भएको छ।

बडीमालिका नगरपालिका–८ स्थित वीरबहादुर थापाको घरमा आगलागी भएको हो। बिजुलीको तार सर्ट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सूर्य थापाले बताए।

उनका अनुसार स्थानीय, प्रहरी, सशस्त्र प्रहरी‚ विद्यार्थी र नेपाली सेनाको संयुक्त प्रयासबाट आगो नियन्त्रणमा लिइएको थियो। आगोले तीनतले घर जलेर पूरै नष्ट भएको छ तर मानवीय क्षति नभएको प्रहरीको भनाइ छ।


Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post