भीरबाट खसेर म्यादी प्रहरी युवतीको मृत्यु

गस्तीमा जाँदा धादिङको सल्यानटारमा भीरबाट खसेर घाइते भएकी एक म्यादी प्रहरी युवतीको उपचारका क्रममा ज्यान गएको छ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटार घर भएकी २१ बर्षिया भवानी खकुराल मंगलबार गस्ती जानेक्रममा भीरबाट खसेर घाइते भएकी थिइन्। घाइते खकुरालको सल्यानटारस्थित प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

खकुराल म्यादी प्रहरीमा छनौट भएपछि उनलाई त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारस्थित इलाका प्रहरी कार्यालयमा खटाईएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपि श्याम खत्रीले जानकारी दिनुभयो

Post a Comment

Previous Post Next Post