दश लाख कहाँ गयो भन्नेलाई गायिका समिक्षाको यस्तो जवाफ

काठमाडाैँ । नायक पूर्णविक्रम (पल) शाह र गायि का समिक्षा अधिकारीबीचको घटना पुरानो भए प नि अझै सेलाउन सकेको छैन । लामो समय विवा दित यस विषयमा अहिले पनि सामाजिक सञ्जा लमा जताततै अभिव्यक्तिहरु आइरहेका छन् ।

नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षका लागि शाह थुनामा छन् ।शाहलाई जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजायँ गरेको छ । त्यस्तै शाह सँग १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदा लतले आदेश दिएको थियो ।

अदालतको यो आदेशसँगै झन् आलोचित बन्न पुुगि न् गायिका अधिकारी । लामो समयसम्म सामाजिक सञ्जालबाट टाढा रहेकी अधिकारी बिस्तारै सामा जिक सञ्जालमा सक्रिय हुन थालिन् ।तर उनले सामाजिक सञ्जालमा गरेका पोस्टहरु भाईरल भएको केही समयमै हटाउनुपर्ने बाध्यात्म क अवस्था सिर्जना भयो ।

कारण थियो पल शाहको पक्षमा रहेर मानसिक याताना दिनेसम्मका नकारात्मक कमेन्ट । उनले केही समय प्रतिक्रिया दिन नमिल्ने बनाए पनि ला मो समय टिक्न भने सकेन ।

जब फेसबुकमा कमेन्ट गर्न मिल्ने बनाइयो तब फरक विषयमा पोष्ट गर्दा पनि जताततै १० लाख, १० लाख भन्ने कमेन्टको वर्षात् हुन लागे ।

उनले बारम्बार अनुरोध गर्दा पनि कमेन्ट आउन छा डेन । शनिवार मात्र उनले एउटा तस्वीर राखिन् । त र, जताततै १० लाखले के गरेकोे भन्दै प्रश्न ओइरिन थाल्यो ।

जसको जवाफमा उनले यस्तो लेखेकी छन्, ‘मलाई १० लाख १० लाख भनेर कमेन्ट गर्नेहरुलाई म के भन्न चाहन्छु भने अरुलाई भन्न सजिलो तर तपाई हरुको घरमा पनि

दिदीबहिनीहरु हुनुहुन्छ होला पछि तपाईहरुलाई पर्दा थाहा हुन्छ, हजुरहरुलाई पनि कसैले नराम्रो भन्दा कति पीडा हुन्छ ? मैले कसैको १० लाख लिएको पनि छैन।

अहिले मलाई जुन आरोप लगाउनु भएको छ, १० लाख लियो भनेर तर त्यो एकदमै झूठ हो । म पनि मान्छे हो, कति कुरा त सहन सकुँला तर सधै सहन सक्छु भन्ने छैन ।’

Post a Comment

Previous Post Next Post