फ्यानमा झुन्डिएको अवस्थामा मृत भेटिए पत्रकार सरोजराज अधिकारी

पत्रकार सरोजराज अधिकारी होटलको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। सुन्धारास्थित होटल सिद्दार्थमा उनी मृत अवस्थामा भेटिएका हुन्।

घटनास्थलमा उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरू पुगेर अनुसन्धान सुरु गरेका छन्।

होटलको एक कोठामा फ्यानमा झुन्डिएको अवस्थामा उनी मृत भेटिएको उपत्यका अपराध अनुसन्धानमा खटिएका अधिकृतले जानकारी दिए। कात्तिक २१ बाट उनी सो होटलमा बसेका थिए।

कान्तिपुर दैनिक, नयाँ पत्रिका, हिमाल, नेपाल लाइभलगायतका सञ्चार माध्यममा काम गरेका उनी प्रेस युनियनको पूर्व कोषाध्यक्षसमेत हुन्।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post