बाजुराको त्रिवेणी नगरपालिका ७ घर भएका एमाले समर्थित कार्यकर्ता चेतन अयडीको मृ त्युु भएको छ ।कुटपिटबाट गम्भी र घा इते भएका।
अयडीको उपचार गर्न अछामको बयालपाटा अस्पताल लैजाँदै गर्दा आइतबार राति मृत्यु भएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।
आइतबार साँझ अर्का स्थानीय युवा सञ्जीव अयडीलाई गो ली लागेर मृ त्यु भएपछि स्थानीयले चेतनलाई कुट पिट गरी घा इते बनाएका थिए । उपचार गर्न पठाउने बन्दोबस्त गर्दागर्दै ढिलाइ भएको थियो । राति बयालपाटा लैजाँदै गर्दा मृ त्यु भएको छ,’ प्रजिअ अधिकारीले भने ।
एमाले कार्यकर्ताहरुले भने उनी राति आफ्नै घरमा सुतेका बेला घर तो डफोड गरि कुटपिटबाट ह त्या गरिएको दा बी गरेका छन् ।मृतक अयडी नेकपा एमाले समर्थित अनेरास्ववियू सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्षसमेत हुन् । दुई जना युवाको मृ त्यु भएको त्रिवेणीसहित बाजुरामा भ य र त्रा सको वातावरण छ । सोमबार थप सुरक्षाको प्रबन्ध गर्न प्रयास भइरहेको प्रजिअ अधिकारीले बताए ।
Source: ekantipur.com