करुवाले हान्दा श्रीमतीको मृत्यु

झापाको बुधबारेमा श्रीमानले करुवाले हानेर श्रीमतीको हत्या गरेका छन् । उनीहरु भारतीय नागरिक भएको बताइएको छ ।आज बिहान ३ बजे बुद्धशान्ति गाउँपालिका वडा न. १ बुधबारे बजारमा डेरा लिई सुन पसल संचालन गर्दै आएका

भारत महाराष्ट्र गुरेली ग्राम पंचायत घर भएका ३२ वर्षीय रघुनाथ गोरडले उनकी श्रीमती २६ वर्षिया सपना गोरडलाई करुवाले हानेर हत्या गरेका हुन।

रघुनाथले सामान्य वादविवाद हुँदा पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले बताए ।करुवा प्रहार गर्ने रघुनाथलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post