नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–१२ भुमही चोकमा हिजो साँझ बसको ढोकाबाट खसेर परिचालकको घ,टनास्थलमै मृ’त्यु भएको छ ।
मृ’त्यु हुनेमा बर्दघाट नगरपालिका–११ धनेवाका ३३ वर्षीय उमेश चौधरी रहेका छन् । बुटवलबाट बर्दघाटतर्फ आउँदै गरेको लु १ ख ७३७७ नम्बरको माइक्रोबसको ढोकाबाट साँझ सवा ६ बजे चौधरी ख’सेका थिए ।
बस सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।तेस्तै बसबाट रु एक लाख नगद चोरी गरेर भाग्दै गरेका दुई महिलालाई प्रहरीले आज चारआलीबाट प,क्राउ गरेको छ ।
प,क्राउपर्नेमा भारतको पानीट्याङ्की घर बताउने २५ वर्षीया पूजा गुल्ठा र २५ वर्षीया कविता मण्डल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार काँकडभिट्टा– विर्तामोड चल्ने यात्रु बसमा यात्रा गर्दैै गरेकीअर्जुनधारा नगरपालिका–२ की ४० वर्षीया विमला रोक्का(सार्की )को ब्यागबाट नगद रु एक लाख चोरी भएको थियो ।
चो,री भएको थाहा पाएलगत्तै प्रहरीलाई रोक्काले खबर गरेपछि इलाका प्रहरी कार्यालय धुलाबारी र चारआली चौकीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मेचीनगर–१३ स्थित मेट्रो पेट्रोल पम्प नजिकबाट टेम्पो चढेर काँकडभिट्टातर्फ जाँदै गर्दा नगदसहित पक्राउ गरेको हो ।
प,क्राउ परेका दुवै महिलालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताए । तेस्तै अर्को समाचारमा महानगरीय प्रहरी वृत्त, कालिमाटीले ११ किलो रक्तचन्दन र विभिन्न सामग्रीसहित दुईजनालाई प,क्राउ गरेको छ ।
वृत्तले दिल्लीबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ४५१६ नं को पर्यटक बसमा रक्तचन्दन लुकाएर ल्याउँदै गरेका चालक काभ्रेका झिल्केमान रुम्बा र सहचालक वुटवलका सुमन पुनलाई मंगलबार पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसरले आज पत्रकार सम्मेलन गरी ११ किलोग्राम रक्तचन्दन, रक्तचन्दनबाट मालामा प्रयोग गर्न बनाएको एक हजार ३०२ दाना, कुर्था सुरुवाल ६० थान, कुर्था टप्स दुई हजार ९८८ थान बरामद गरेको जानकारी दिएको छ ।
यसैगरी, सिल्क साडी १४३ थान, सिल्क साडी ६४ थान, सिफन साडी ६९ थान, महिला चप्पल १८ जोर र पुरुषले लाउने सर्ट २१० थान बरामद गरेको छ । वृत्तले सोही बसबाट बिजुलीका समान बोर्ड कभर, थ्री प्लक, फोर ब्लक सकेट, स्वीचलगायतका सामान पनि बरामद गरेको छ ।