पत्रकार चादनी अधिकारीको निधन


डेङ्गु सङ्क्रमणका कारण लमजुङका २३ वर्षीया चादनी अधिकारीको मृ त्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा बुधबार बिहान मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सामान्य ज्वरो र बान्ताको समस्या देखिएपछि मङ्गलबार बेँसीसहरस्थित मोडल हस्पिटलमा भर्ना गरिए पनि समस्या बढ्दै गएपछि सोही दिन चितवन लगिएको थियो ।

डेङ्गु सङ्क्रमण रहेको र निरन्तर बान्ताका कारण निधन भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । विगत डेढ वर्षदेखि लमजुङ सुन्दरबजार नगरपालिकास्थित रेडियो भोटेओडारमा कार्यरत हुनुहुन्थ्यो ।

मृ तक अधिकारी प्रेस सेन्टर नेपाल लमजुङको सचिव, सञ्चारिका समूह लमजुङको सहसचिव हुनुहुन्थ्यो । नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाले एक शोक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेको छ ।-

Post a Comment

Previous Post Next Post