ट्रक र स्कुटर ठक्कर खाँदा दुई जनाको मृत्यु

काठमाडौंको बसुन्धारामा ट्रक र स्कुटर ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ।

बुधबार साँझ ४: ४० बजे काठमाडौं ३ नारायण गोपाल चोकबाट ५० मिटर पश्चिमतर्फ बसुन्धरा सडकखण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुई जना घाइते भएका थिए।

तत्कालै प्रहरी वृत्त महाराजगञ्‍जबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेको उद्दार गरी अस्पताल पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा कास्की, साविक कालिका गा.वि.स. ९ घर भएका ४७ वर्षीय बेल बहादुर राना मगर र कास्की मादी गा.पा.५ बस्ने ४१ वर्षीया कल्पना राना मगर छन्।

Post a Comment

Previous Post Next Post