कारको ठक्करबाट ३५ दिने शिशुसहित तीन जनाको मृ,त्यु

रुपन्देहीमा कारको ठक्करबाट ३५ दिनको एक शिशुसहित तीन जनाको ज्यान ग,एको छ ।बिहान ५ बजेतिर छठ मनाउनका लागि छठीघाटतर्फ जाँदै गर्दा उनीहरुलाई कारले ठ,क्कर दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवम् प्रवक्ता श्याम अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार ओमसतिया गाउँपालिका–४ पननीकी १४ वर्षीया सीमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको ज्यान गएको छ । अन्य दुई जना घा,इते भएका छन् ।

ठ,क्कर दिने कारको नम्बर खुलेको छैन । कारसहित चालक फ,रार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि – नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइको ‘अरे ओ अंकल’ बोलको गीत सार्वजनिक भएको छ।अमित त्रिवेदीको संगीत र इर्साद कमिलको शब्द रहेको गीतमा दिव्य कुमार र देवेन्द्रर पालले स्वर दिएका छन्।

Post a Comment

Previous Post Next Post