नाबालिग बलात्कार आरोपित सन्दीप लामिछानेको बयान यस्तो छ हेर्नुहोस

१७ वर्षीया नाबालिग (किशोरी) माथि बलात्कार गरेको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेले इन्कारी बयान गरेका छन्।

आरोपित लामिछानेले प्रहरी र सरकारी वकिलसमक्ष इन्‍कारी बयान गरेको सोमबार काठमाडौं जिल्ला अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ।

किशोरीकै आग्रहमा भेट भएको, उनकै योजनामा नगरकोट पुगेको, उनकै करले राती होटलमा बसेको लामिछानेको बयानमा उल्लेख छ। तर उनले किशोरीसँग कुराकानीमात्र भएको उल्लेख गरेका छन्।

उनको बयान अनुसार अर्का क्रिकेटर देव खनालमार्फत् किशोरीसँग चिनजान भएको थियो।

Post a Comment

Previous Post Next Post