पिकनिक खाएर फर्किँदै गर्दा दुर्घटना, ३ जनाको मृत्यु

पश्चिम नवलपरासीको सुस्तामा डुंगा पल्टिँदा तीन जनाको मृत्यु भएको छ।सुस्ता गाउँपालिका-४ नर्सही गोकुलनगरका स्थानीय युवाहरू पिकनिक खाएर फर्किँदै गर्दा दुर्घटनामा परेका हुन्।

सुस्ताको वडा नम्बर ३ र ४ को बीचमा पर्ने थुम्कोमा सोमबार दिउँसो पिकनिक खान गएका सात जना युवाहरू डुंगा चढेर फर्किँदै थिए। सोही क्रममा बिगेट घोला (कुलोभन्दा ठूलो र खोलाभन्दा सानो पानी जमेको ठाउँ) मा डुंगा पल्टिएर दुर्घटनामा परेको सुस्ता गाउँपालिकाका निवर्तमान अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए।

पिकनिक खान गएका सात जनामध्ये दुई जना पैदलै फर्किएको र पाँच जना डुंगा चढेर फर्किने क्रममा दुर्घटनामा परेको उनले बताए।

Post a Comment

Previous Post Next Post