कालीकोट घटना : दुई ४ वर्षीय बालिकाको मृ’त्यु, तीन घाइते


कालीकोटमा विष्फोटक पदार्थ पड्किँदा मृ`त्यु हुनेको संख्या दुई पुगेको छ । तीन जना गम्भीर घा`इते भएका छन् । दुई जना बालिकाको उपचारका क्रममा मृ`त्यु भएको हो भने तीन जना गम्भीर घा`इते भएकाकाे उपचार भइरहेकाे छ ।

प्रमुख जिल्ला अधिकारी रामहरी शर्माका अनुसार तिलागुफा-१० कि चार वर्षीया झरना थापा र अर्की चार वर्षीया बालिका सरस्वती रानाको मृ`त्यु छ । चार वर्षीया बालिका सरस्वतीको कर्णाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृ`त्यु भएको हो भने झरनाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृ`त्यु भएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

घा`इते तीन जनाको अहिले कर्णाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । विष्फोटक पदार्थ पड्किएर घाइते भएका बालिकाहरुलाई नेपाली सेनाको हेलिकोप्टरले थप उपचारका लागि सुर्खेत ल्याएको हो ।

गाई चराउन गएका बालबालिकाहरुले ओढारमा भेटाएको शंकास्पद बस्तु खेलाउँदा विष्फोट भएको स्थानीय प्रेम बहादुर शाहीले बताए । प्रहरीले घ`टनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

Source:nayapatrikadaily

Post a Comment

Previous Post Next Post