श्रीमान विदेश गएको चार महिना नबित्दै श्रीमती अर्कैसँग होटलमा मृत फेला परे पछी ....


काठमाडौं । नेपालमा रोजगारीको अवसर नहुँदा आज पनि लाखौं नेपालीहरु काम खोज्दै विदेश जान्छन् ।श्रीमान बिदेश गएको ४ महिना नबित्दै श्रीमती अर्कै केटासँग होटलमा मृत फेला परेकी हुन् । नेपालगञ्जको डिएसपी चोक घर भएकी पुष्पा बुढाथोकीको सहंशील बुढाथोकीसँग बिहे भएको थियो ।

श्रीमान बिदेश गएको ४ महिना नबित्दै उनी अर्कै केटासँग होटल जाँदा मृत फेला परेको बताइएको छ । दाङको लमही नगरपलिका–७ मा माइतीघर भएकी २५ वर्षीय पुष्पाले ४ महिना अगाडि सहंशीलसँग बिवाह गरेकी थिइन् ।

सहंशील आफ्नो र परिवारको भविष्य खोज्दै दुबई गएका थिए । पटकपटक सम्पर्कबिहिन हुँदै घर आउने गरेकी पुष्पा पछिल्लो समय १ महिना देखि हराएकी थिइन् । करिब डेढ महिनापछि पुष्पा बुटवल फुलवारीमा रहेको कालिकोट होटलको कोठामा मृत फेला परिन् ।

धादिङका सिताराम भुजेलसँग उनलाई मृत भेट्टाएको जानकारी गराइएको छ । जानकारी अनुसार सिताराम पहिले जेल परेर छुटेका अपराधी हुन् । लामो समयसम्म ढोका नखुलेपछि होटलका सञ्चालक गएर हेर्दा पुष्पा रगताम्य भएर खाटमा लडिरहेकी थिइन्, सिताराम पंखामा झण्डेका थिए ।

झट्ट हेर्दा सो घटना सहवासपछि सितारामले पुष्पाको हत्या गरेर आफूले आत्महत्या गरेकोजस्तो देखिएका् छ । अर्कोतिर सहंशीलसँग विवाह गर्नुभन्दा पहिले पुष्पाको विवाह भैसकेको थियो, जसबाट उनकी छोरी पनि छिन् ।

पहिलो श्रीमानसँग ख टपट भएपछि डिभोर्स गरेर सहंशीलसँग उनले विवाह गरेकी थिइन् । पहिले विवाहबाट छोरी जन्माएकी पुष्पाले दोस्रो विवाह गरेपछि घर परिवामा सबै जना खु:शी नै रहेको सहंशीलकी आमा बताउँछिन् । उनका अनुसार कुल पूजाका दिन पुष्पा म हिनावारी भएकी थिइन ।

कुलपूजाको समय महिनावारी हुँदा अर्कैकोमा गएर बस्नु पर्नै भएका कारण उनले बुहारीलाई छिमेकीको कोठामा राखेको थिइन् । कोठामा बस्दा केही समस्या भएपछि पुष्पा सोही दिन माइत गइन् । माइतीघर गएको केही महिनापछि यो घ टना भएको हो ।

Post a Comment

Previous Post Next Post