लक्ष्मी पुजाकै दिन घरको स्ल्यापबाट लडेर १६ वर्षीय अरबिन्दको यसरि भयो मृत्यु

 

घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं। ३ इटियाही टोल बस्ने उमेश दासको छोरा १६ वर्षीय अरबिन्दकुमार दास रहेका छन् ।

सोमबार दिउँसो बाख्रालाई खुवाउन अम्बकको बोट तिर गएका थिएइ । सोही बेला उनी निर्माणाधीन एक तले घरको झ्याल बाहिर जडान भई नसकेको स्ल्यापमाटेकपछि अचानक स्ल्याप खुस्किएको थियो ।

जडान नभएको स्ल्याप अचानक खुस्किन गई जमिनमा लडेर गम्भिर घाइते भएका उनको उपचारार्थ बाराको प्रसौनीस्थित एल।एस।न्युरो अस्पताल पुर्‍याए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

यो पनि / कात्तिक ८ । पटका पड्काउनेलाई ३ वर्ष जेल र ३० हजार जरिवाना तोकिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले पटका नपड्काउन आग्रह गर्दै पड्काएको पाइएम

मुलुकी अपराध संहिता २०७४ को विष्फोटक पदार्थसम्बन्धी कसूरमा ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने भन्दै तिहारको समयमा फेरी एक पटक स्मरण गराएको हो ।

प्रहरीले तिहारमा पटका नपड्काउन आग्रह गर्दै भनेको छ पटका पड्काउँदा र झिरझिरे बाल्दा आगलागीको जोखिम हुन्छ त्यसैले बेलैमा सर्तकता अपनाउनुहोस् ।

आतिसबाजी ९पटका,झिरझिरे पड्काउने० नगरौँ,’ काठमाडौँ जिल्ला प्रहरी परिसरले सूचनामा भनेको छ, ‘पड्काएको पाइए मुलुकी अपराध संहिता २०७४ को विष्फोटक पदार्थसम्बन्धी कसूरमा ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुनेछ।’ प्रहरीले सचेतना दिनका लागि भनेको छ ।

Post a Comment

Previous Post Next Post