आफ्नै घरमा गलबन्दीको पिङ बनाएर खेल्दै गर्दा त्यसैमा पासो लागेर एक बालिकाको निधन भएको छ ।
धादिङको निलकण्ठ नगरपालिका-६ भोर्लेमा रामकृष्ण श्रेष्ठको छोरी बर्ष १० कि रोजिना श्रेष्ठ आफ्नै घर पछाडी रहेको पालिको बलोमा गलबन्दीको पिङ हाली पिङ खेल्ने क्रममा सोहि गलबन्दी पासो लागी हिजो (बुधबार) दिउँसो निधन भएको हो ।