सर्लाहीको मलंगवामा स्कार्पियो गाडीको ठक्करबाट चार वर्षीय बालकको मृ’त्यु भएको छ ।मृ’त्यु हुनेमा ईश्वरपुर नगरपालिका १४ का हिरा लाल मण्डलको ४ वर्षीय छोरा निशान्त मण्डल रहेका छन् ।
उनको ना १ झ १७०० नम्बरको स्कार्पियो गाडीले ठ’क्कर दिँदा घटना स्थलमै मृ’त्यु भएको हो ।छोराको मृ’त्युपछि आमा अस्पतालमै बेहोस बनेकी छन् । प्रहरीले ठ’क्कर दिने गाडीलाई नियन्त्रणमा लिएको छ ।
गाडीले ठ’क्कर दिएपछि ग,म्भीर घा’इते बालक निशान्तलाई उपचारका लागि सर्लाही अस्पताल मलंगवामा लगिएको थियो । तर अस्पतालले मृ’त घोषणा गरेको छ ।
यो पनि – चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भ,वतीको हवाई उद्धार हुन नसक्दा मृ’त्यु भएको छ ।
खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्याधिक रक्तश्रावबाट मृ’त्यु भएको हो ।
छत्यालको उद्धार हुन नसक्दा मृ’त्यु भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो ।
उद्धारका लागि सोमबार सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमका कारण कालिकोटस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो । मौसमका सुधार नआएपछि हेलिकोप्टर पुनः सुर्खेतमै फर्र्किएको जनाइएको छ ।