काठमाडौं / हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज शनिबार मनाइँदै छ । ।धनवन्तरी जयन्ती भने कात्तिक ६ गते आइतबार परेको छ ।
यो दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । र धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पंचांग निर्णायक समितिले जनाएको छ ।
धनतेरस पर्व कात्तिक कृष्ण त्रयोदशीमा मनाइन्छ । धार्मिक मान्यताका अनुसार समुद्र मन्थनका क्रममा अमृतको कलश लिएर दे.वताका वैद्य धन्वतरी प्रकट भएका थिए । स्वास्थ्य रक्षा र आरोग्यका लागि यो दिन धन्वतरी देवताको उपासना गर्ने गरिन्छ ।.
यो दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । र धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । त्यहि भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ । आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँछन् ।
धनतेरसमा के किन्ने ?
धातुका भाडा जसमा पानीको सामाग्री भए धेरै राम्रो गणेश लक्ष्मीको मूर्तिमाटो वा फलामको दीयो ।+धन यन्त्र
आर्थिक लाभका लागि पानीका भाडा
कारोबारमा विस्तारका लागि धातुको दियो
सन्तान सम्बन्धी समस्याका लागि तामाको थाली
स्वास्थ्य तथा आयुका लागि घन्ट
घरमा सुख शान्ति र प्रेमका लागि खाना पकाउने भाडा
पूजा र सामान खरिदका लागि शुभ साइत
सामान किन्नका लागि सवा १२ बजेदेखि पौने दुई बजेको समय उपयुक्त छ ।
यस्तै सवा नौ बजेदेखि पौने ११ बजेको समय सामान किन्नका लागि राम्रो रहेको छ ।
यो समयमा पूजा अर्चाना गर्ने शुभ साइत पनि हो ।
विहान पौने ११ देखि सवा १२ का बीचमा सामान नकिन्नु उपयुक्त हुनेछ