यी नै हुन् अछाममा पहिरोमा पुरीएर ज्या’न गुमाएका एकै घरमा ५ जना !

अछामको तीनवटा पालिकामा पहिरोमा परी मृ’त्यु हुनेको संख्या १७ पुगेको छ। कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १७ जनाको शव निकालिएको निमित्त प्रमुख जिल्ला।

अधिकारी दिपेश रिजालले जानकारी दिए।उनकाअनुसार कमलबजार ८ मा एकै परिवारका ५ जनाको शव निकालिएको छ भने कमलबजार ६ ठाँटीकाँधमा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ।ठाँटीकाँधमा यसअघि निकालिएको ४ जनाको गरी ७ जनाको मृत्यु भएको छ।

यस्तै, तुर्माखाँद ५ मा दुई घर पुरिँदा ४ जनाको शव फेला परेको छ। अन्य ५ जना बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।त्यस्तै ढकारी गाउँपालिका ६ मा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता रहेका रिजालले बताए।

तीनै पालिकामा गरी ६ जना अझै बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन्।मृतकहरुको सनाखत कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए। उनका अनुसार बेपत्ताहरुको खोजी कार्य तीव्र पारिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post