१५ जना श्रीमती, १०७ जना छोराछोरी

दुई पत्नीको जोइ, कुनामा बसेर रोई भन्ने उखान छ । तर केन्यामा एकजना पुरुषका २ वटामात्र होइन १५ वटा श्रीमती छन् । आफ्ना १५ पत्नी र १०७ जना सन्तानसँगै उनी गाउँमा मिलेर बसेका छन् ।

उनको नाम डेभिड सकायो कलुहाना हो । उनी पश्चिम केन्यामा बस्ने एक किसान हुन्।१५ पत्नीका लोग्ने कलुहाना एकजना राजाको जीवनबाट निकै प्रभावित छन् । राजाकै सिको गर्दै उनले यतिधेरै महिलासँग बिहे गरे ।

यो परिवार मिलेर बसेको छ । ६१ वर्षका डेभिडले आफ्ना सबै पत्नीको राम्रोसँग ध्यान राख्दछन् र त्यसका लागि समयतालिका पनि तयार गरेका छन् ।

डभिड सकायो आफ्नो स्वभाव राजा सुलेमानको जस्तै भएको बताउँछन् । ती राजाका ७ सयवटा पत्नी थिए भने ३ सय दासीहरु ।

अर्थात् कूल १ हजार जना पत्नीहरु आफ्नो दिमाग धेरै तिक्ष्ण भएकोले त्यसको व्यवस्थापनका लागि पनि एउटा मात्रै विहे पर्याप्त नभएको उनको दाबी छ ।

Post a Comment

Previous Post Next Post