आज (मंगलबार) पनि घट्यो सुनको मूल्य हेर्नुहोस तोलाको कती

नपाली बजारमा सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि मूल्य घटेको जानकारी दिएको हो ।

हिजो तोलामा ३०० ले घटेको सुनको मूल्य आज १०० रुपैयाँले घटेको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ थियो ।

हिजो सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम थियो । यस्तै, सो दिन तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ थियो।

Post a Comment

Previous Post Next Post