नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार रुपैयाँ तोकिएको छ।
मंगलबार प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजारले घटेर प्रति तोला ९३ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय १० रुपैयाँ कायम भएको छ। चाँदी मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय २५ रुपैयाँमा कारोबार भएको थियो।