
ललितपुर । आफ्नै ४७ वर्षीया श्रीमती रुपा क्षेत्रीको ह,त्या गरेको अभियोगमा दोलखा भिमेश्वर नगरपालिका-९ घर भई ललितपुर महानगरपालिका-२९ हरिसिद्दी बस्ने ६३ वर्षीय घ्याल्मो लामालाई प्रहरीले पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका-३ फुलचोकीस्थित जंग लमा सडि गलेको अवस्थामा आइतबार दिउँसो रुपाको शव फेला परेको घट,नाको अनुसन्धान को क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले घट,नामा संलग्न लामालाई पक्राउ गरेको हो ।
लामाले भदौ १६ गते दिउँसो श्रीमतीसँग वादवि बाद भएको कारण डोरीले घाँटीमा बाधेर ह,त्या गरेको प्रार म्भिक अनुसम्धानको क्रममा खुल्न आएको छ । प्रहरी अनुसन्धान अनुसार रुपा घ्याल्मोको तेस्रो श्रीमती हुन्। पहिलो श्रीमती लालमाया तामाङको २२ वर्ष अघि नै मृ,त्यु भएको थियो। पहिलो श्रीमतीबाट २ छोरी र १ छोरा छन्।
पहिलो श्रीमतीको मृ,त्यु भएपछि आइतमाया तामाङला ई दोस्रो श्रीमतीको रुपमा घ्याल्मोले भित्र्याएका थिए। दोलखा बस्दै आएकी आइत मायातर्फ २ छोरा छन्। हाल हत्या गरिएकी रुपासँग भने ७ वर्षअघि ज्यामी काम गर्ने क्रममा घ्याल्मोको चिनजान भएपछि विवाह भएको थियो। उनीतर्फका भने छोराछोरी छैनन्।
विवाह गरेदेखि नै रुपासँग नराम्रो सम्बन्ध भएको घ्याल्मो ले प्रहरीसमक्ष बयान दिएका छन्। श्रीम ती रुपा दिनहुँ रक्सी पिएर आफूलाई कुट्ने गरेको घ्याल्माले बताएका छन्। रक्सी पिउनाले १५,१६ दिनसम्म घरमा समेत नआ उने, आएको बेलामा पनि निहुँ खोज्ने र कु,टपिट गर्ने गरेको घ्याल्मोको दाबी छ।
भदौ १६ गते रक्सी खाएर श्रीमतीले झगडा गरेपछि आफू डेराबाट निस्केर हिँडेको उनले प्रहरीसमक्ष बताएका छन्। श्रीमती पनि आफ्नै पछि लागेर आएको र माइक्रो चढेर गोदावरी सम्म पुगेको, त्यसपछि हिँडेर फुच्चोकी डाँडामा पुगेपछि ह,त्या गरेको घ्याल्मोले बताएको प्रहरी ले जनाएको छ।
मृ,तकको घाँटीमा नाइलनको डोरी कसिएको अवस्थामा रहेको भन्दै प्रहरीको घटनास्थल मुचुल्कामा उल्लेख गरेको छ। उक्त डोरी भने पक्राउ परेका घ्याल्मोले फुलचोकीमै पाएको प्रहरीसमक्ष बताएका छन्।
प्रहरीका अनुसार फुलचोकी डाँडामा पुगेपछि श्रीमान–श्रीमतीबीच विवाद भएको थियो। विवादको क्रममा ‘कि तँ मर कि म तँलाई मार्छु’ भन्नेसम्मको विवाद भएको पक्राउ परेका घ्याल्मो ले बताएको प्रहरीको दाबी छ।
त्यसपछि घ्याल्मोले नजिकै रहेको बौद्ध धर्मावल म्बीको झण्डामा बाँधिएको डोरी निकालेर घाँटी कसेर श्रीमतीको हत्या गरेको खुलेको प्रहरीको दाबी छ। श्रीमतीको ह,त्या गरेपछि घ्याल्मो आफ्नी छोरीकोमा हरिसिद्धी बस्दै आएका थिए।