बसको ठक्करबाट एक जनाको मृत्यु

पोखरामा साँझ सवारी दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ ।मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ३१ मोहोरिया निवासी ७८ वर्षकी देवकला बन्जरा रहेकी छन् ।

पोखराको लेखनाथस्थित शिसुवाचोकमा ग१ख ६८३० नंको माइक्रोबसले ठक्कर दिंदा बञ्जरा गम्भीर घाइते भएकी थिइन् ।

उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्दागर्दै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पैदलयात्रा गरिरहेको अवस्थामा बसले बन्जरालाई बसले ठक्कर दिएको थियो । बस चालक प्रहरी नियन्त्रणमा छन् ।

Post a Comment

Previous Post Next Post