जब आफ्नो मालिकको श,व पछ्याउँदै चितामा चढ्यो कुकुर – भिडियो

काठमाडौं । नेपाली समाजमा एउटा मान्यता छ, ‘आफन्तले साथ छाड्छ तर कुकुरले छाड्दैन ।’ मालि कलाई बचाउन आफ्नो ज्यान नै दिएका दृष्टान्तहरुले पनि यो बफादार प्राणीको गुनगान गाएर कहिल्यै थाक्दैन, हाम्रो समाज ।

भर्खरैको एउटा घटनाले यसलाई थप पुष्टि गरेको छ । घटना कैलालीको लम्कीचुहा नगरपालिका–५ को हो । त्यहाँका चुकुलाल चौधरीले आठ वर्षअघि एउटा बेवारिसे कुकुरको छाउरो घरमा ल्याएका थिए । उनले कुकुरको नाम राखिदिए, सफी । सफीलाई उनकै आमा हैरानी चौधरीले स्याहारसुसार गरेर हुर्काइन् ।

कुकुरसँग उनको सम्बन्ध आफ्ना सन्तानजस्तै प्रगाढ बन्यो । चौधरीले आफ्नै कोखका बालबच्चा झैं सफीलाई माया दिए । उनीहरु सँगै बस्ने, खाने गर्थे । हैरानी चौधरीले जता गए पनि कुकुरलाई छाड्दैन थिई । तर भदौ २५ गते शनिबार हैरानी चौधरीको क्यान्सरले निधन भयो ।

जसै हैरानी चौधरीको शव घरमा राखियो, सफीले उनको साथ छाडेन । सामान्यतः मृत्यु संस्कारमा कुकुर–बिरालो लाई शव छुन दिइँदैन । हैरानीको शवको छेउछाउ आएप छि मलामीका लागि आएका छिमेकीले उनलाई धपाउन थाले ।

परम्परा अनुसार चौधरीको शवलाई उनी सुतेकै पलङमा राख्ने तयारी भयो । तर शव राख्नुअघि नै उक्त कुकुर पलङमा बसिदियो । छिमेकीले कुकुरलाई त्यहाँबाट पनि लखेट्न खोजे । कुकुर कसैगरी पनि त्यहाँबाट भागेन । आखिरमा कुकुरलाई समातेर नजिकैको रुखमा साङ्लोले बाँधियो ।

‘रुखमा बाँधेपछि झन् उग्र भयो । साङ्ला नै चुडाउँला झैं गरेर कराउन थाल्यो,’ हैरानी चौधरीका कान्छो छोरा अनन्तलाल भन्छन्, ‘पलङमा राखेर गरिने संस्कार सकेर शवलाई ट्याक्टरमा चढाइयो । अनि घाटतिर लाग्यौं । तर केही पर नपुग्दै कुकुर साङ्लाबाट फुत्किएर दौडिंदै हामीलाई पछ्याउन थाल्यो ।

ट्याक्टर पछ्याउँदै सफी करिब पाँच किलोमिटरसम्म दौडिरह्यो । मुख्य सडकमा अरु गाडी पनि कुदिरहेको थियो । तर सफीले सोही ट्रकलाई मात्र एकोहोरो पछ्या इरह्यो ।

भििदीयो हेर्नुहोस् 

https://vt.tiktok.com/ZSRakmAyu/

Post a Comment

Previous Post Next Post