बुटवल मोतीपुर झडप : एकको मृत्यु , २ पत्रकारसहित ९ जना घाइते !

बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा गोली चल्दा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । मृतकको पहिचान खुलिनसकेको प्रहरी उपरीक्षक मनोज केसीले बताए ।

सो क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बाक्लो रुपमा परिचालन गरिएको छ भने जग्गा कब्जा गर्न आएका स्थानीयहरुको पनि बाक्लो उपस्थिति रहेको छ । यस्तै घटनाको रिपोटिङ गर्न गएका पत्रकारहरु कृष्ण पाण्डे र विश्व ज्ञवालीलाई पत्रकारहरु माथि सुकुम्बासीहरुले आक्रमण गरेका थिए । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

झडपमा परी नेपाल प्रहरी ४ जना, शस्त्र प्रहरी ३ जना र स्थानीय २ जना घाइते भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा पुरा विवरण संकलन भइ नसेकाकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने सुरक्षा निकायले जनाएको छ ।

Post a Comment

Previous Post Next Post