२४ घण्टामा ३ पटक शक्तिशाली भूकम्प, भारी क्षति

ताइवानमा पछिल्लो २४ घण्टामा तीनवटा भयानक भूकम्प गएको छ । यी भूकम्पलाई ध्यानमा राख्दै जापानले सुनामीको चेतावनी जारी गरेको छ ।

ताइवानको मौसम विज्ञान ब्यूरोले भूकम्पको केन्द्रविन्दुदक्षिणपूर्वमा रहेको ताइतुङ काउन्टीमा देखिएको बताए को छ ।सोही क्षेत्रमा शनिबार ६.४ म्याग्नीच्युडको भूकम्प गएको थियो ।

त्यसपछि आइतबार बिहान ६.८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि दिउँसो यसठाउँमा ७.२ रेक्टर स्केलको भूकम्प गएको थियो । जसको जन्म ताइतुङको सतहबाट १० किलोमिटर पर भएको थियो ।

ताइवानमा धेरै ठाउँमा सडक भत्किएको छ । पुलहरु ढलेका छन् । रेलहरू पटरीबाट खसेका छन्। युलीको एउटा पसलमा चार जना पुरिएका छन् । उनीहरुलाई बाहिर निकाल्ने प्रयासभइरहेको छ ।पुल भाँचिएपछि धेरै सवारीसाधन पुल मुनि खसेका छन् ।

डोंगली स्टेशनमा रेल पटरीबाट खसेको छ ।सो स्टेशनको छाना पनि खसेको छ । यूएस प्यासि फिक सुनामी चेतावनी केन्द्रले यी भूकम्पपछि ताइवानमा सुनामीको चेतावनी जारी गरेको छ।

अर्कोतर्फ जापानको मौसम विभागले ३.२ फिट अग्लो छाल आउने सुनामीको चेतावनी पनि दिएको छ । किनभने उसको ओकिनावामा भूकम्प गएको छ ।

तीनवटै भूकम्पको धक्का ताइवानभर महसुस गरिएको थियो।राजधानी ताइपेईका भवनहरू केही समयको लागि हल्लियो। कतिपय भवनमा क्षति पुगेको छ । ताइनान र काओसाङ क्षेत्रमा भूकम्पको खासै असर परेको छैन ।

ताइवान रिङ अफ फायर क्षेत्रमा पर्छ। यो क्षेत्र सबै भन्दा धेरै भूकम्प जाने ठाउँ हो र यहाँ भूकम्पपछि सुनामी आउँछ। ज्वालामुखीविस्फोट हुन्छ।

वास्तवमा ताइवान दुई टेक्टोनिक प्लेटको धेरै नजिक अवस्थित छ।यी दुईबीच कुनै किसिमको हलचल भयो भने ताइवानमा भूकम्प र सुनामी दुवैको जोखिम हुन्छ ।

यसअघि सन् २०१६ मा ताइवानमा भूकम्पमा परी एक सय जनाको ज्यान गएको थियो । जहाँ सन् १९९९ मा ७.३ म्याग्निच्युडको भूकम्पका कारण २ हजार जनाको मृत्यु भएको थियो ।

Post a Comment

Previous Post Next Post