मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा ताप्लेजुङ घर भएका अन्दाजी २५ वर्षीय सुनील स्यामु लिम्बू रहेका छन् ।

आइतबार दिउँसोको समयमा बराहक्षेत्र १ किराँत चोकस्थित चतरा–पकली सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश ३–०२–००३ प ६७०५ नम्बरको मोटरसाइकलले प्रदेश १–०२–०५०प ८२३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ६७०५ नम्बरको मोटरसाइकल पछाडि सवार लिम्बूको उपचारको क्रममा मृत्यु भएको हो ।

६७०५ नम्बरको मोटरसाइकल चालक पाँचथरको कुम्याक गाउँपालिका २ बस्ने २६ वर्षीय प्रशान्त लावती घाइते भएका छन् ।यस्तै, ८२३८ नम्बरको मोटरसाइकल चालक बराहक्षेत्र ६ चकरघट्टी बस्ने २६ वर्षीय मुनिराज राई र पछाडि सवार खोटाङ बस्ने २६ वर्षीय वीरेन्द्र राई सामान्य घाइते भएका छन् ।

उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारी साधन नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post