कञ्चनपुरमा सडेको अवस्थामा तीन जनाको शव फेला परेको छ ।लालझाडी गाउँपालिका १ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका १० को दोदा नदी नजिकै अर्का एक जनाको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख, प्रहरी निरीक्षक (इन्सपेक्टर) नरेशराज मल्लले आइतबार साँझ तीन जनाको शव भेटिएको बताउँदै सडेको अवस्थामा भएकाले पहिचान गर्न समस्या भएको बताए ।
आँखाले हेरेर शवको पहिचान गर्न नसकिएपछि प्रहरीले डीएनए संकलनको तयारी गरेको छ । डीएनए संकलनका लागि चिकित्सकको टोली घटनास्थलतर्फ आइरहेको प्रहरी निरीक्षक मल्लले बताए ।