सर्पको डसाईबाट ३५ बर्षिय महिलाको मृत्यु

बिषालु सर्पको डसाईबाट  एक महिलाको ज्यान गएको छ । गोमन सर्पको डसाईबाट ज्यान गएको प्रहरीले जनाएको हो 

सोहीघरमा लेवरको काम गर्ने क्रममा शुक्रवार अबेर सर्पले डसेको थियो ।लगत्तै लालबन्दी नगरपालिका–१,  स्थित सर्प दंश उपचार केन्द्र पु¥याएको आफन्तले जनाएका छन् ।

त्यहाँ उपचार सम्भव नभएपछि महतोलाई प्रादेशिक अस्पताल जनकपुर रिफर गरिएको थियो । उनको जनकपुरमा उपचारकै क्रममा गए राति ज्यान गएको जिल्ला प्रहरी कार्यलय सर्लाही जनाएको छ ।

मृतक महतोको शव आफन्तले बुझेर लगेका र घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । जिल्लामा रहेको सर्प दंशका अस्पतालमा भेन्टिलेटर जस्ता उपकरण संचालनमा नहुदा सर्पदंशका विमारीले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ ।

जिल्लाको नवरपुरमा रहेको सर्पदंश उउपचार केन्द्रमा रहेको भेन्टिलेटरसमेत दक्ष प्राविधिकको अभावमा संचालन हुन सकेको छैन् ।

Post a Comment

Previous Post Next Post