काठमाडौं महानगरपा लिकाले धोबीचौरमा रहेको अनधिकृत संरचना हटाउने भएको छ । वडा नम्बर १७ स्थित धोबी चौरमा रहेको अनधिकृत टहरा हटाउन महानगर ले डोजर चलाउने भएको छ ।
बुधबार बिहान महाराजगञ्ज, बसन्धुरा क्षेत्रमा रहेको अनधिकृत संरचनामा डोजर चलाएको महानगरले धोबी चौरको अनधिकृत टहरा हटाउने भएको महानगरले जनाएको छ ।
महानगरपालिकाले पछिल्लो समय अनधिकृत संरचनाहरु हटाउँदै आएको छ । सोही क्रममा बुधबारदेखि वडा नम्बर १७ मा रहेका अनधिकृ त संरचना हटाउन सूरु गरिएको नगर प्रहरी उपरीक्षक शिव पौडेलले जानकारी दिए ।
क्षेत्रपाटी, धोबीचौर क्षेत्रमा अनधिकृत संरचना, फुटापाथ अतिक्रमण लगायत समस्या रहेकोले डोजरको प्रयोग गरेर हटाउन लागेका हौं । महान गरको सूचना बेवास्ता गरेपछि डोजर चलाउन हामी बाध्य बनेका हौं ।
वडास्तरबाट महानगरमा भएको रिपोर्टिङको आधारमा अनधिकृत संरचनाहरु महानगरपालि काले हटाउँदै आएको महानगरको भनाइ छ ।
काठमाडौं महानगरले ३२ वटै वडाध्यक्षहरुला ई आफ्नो वडामा रहेको अनधिकृत संरचना, नक्सा अनुसार वेसमेन्ट प्रयोजन भए।
नभएको र फुटपाथ अतिक्रणको अनुगमन गरेर हटाउन अनुरोध गरेको थियो । वडाबाट भएको निर्देशन नटेरेमा नगर प्रहरीले बल प्रयोग गरेर हटाउँदै आएको छ ।