भिडियो अन्तिममा छ पहिले यो पढ्नुहोस् – प्रत्येक मौसम ऋतुजन्य हुन्छ । ६ वटै ऋतुमा ६ वटै मौसम गाँसिएको हुन्छ । प्रत्येक मौसमी ऋतुमा तापक्रम बदलिइरहन्छ । ऋतुराज वसन्त सबै ऋतुभन्दा अलग कोटीको हुन्छ ।
वसन्तलाई सबै ऋतु हो, मौसम हो । नव उन्मेस भन्नु जीवनमा नयाँ उमंग छाउनु हो । नयाँ उमंग छाउनुको अर्थ नयाँ पालुवाहरू आउनु हो । वसन्तमा मानिस र बोटबिरुवामा नयाँ उमंग तरंगिन थाल्छ । नव उन्मेस तरंगिनु नयाँ उमंग लहरिनु हो । नयाँ उमंग लहरिनु नव जीवन सञ्चारनका क्रिया भाव उद्भव हुनु हो ।
यस प्रकारका भाव तरंग मानिस झैं चैतन्य चेतनशील प्राणीमा यौन वासनामूलक हुन्छ । चेतना सबै जैविक प्राणीमा हुन्छ । स्थिर अस्थामा रहने रूखबिरुवा यस्तो भाव धारा मुक्त र मूर्त रूपमा दर्शाउन्नन् ।
प्रकृतिले तिनीहरूमा यस्तो स्वभाव, गुण र चरित्र प्रदान गरेको छैन । तिनलाई अर्कै गुण, स्वभाव वरदान गरेको छ । तिनीहरूलाई मदमस्ती व्यक्त गर्न अरू नै प्राकृतिक शक्तिले सहायता गर्छ, गरेको छ । मदहोश अभिव्यक्ति निमित्त हावाको स्पर्श चाहिन्छ ।हावाले छोए बोटविरुवा लहसिन्छ, उद्वेलित हुन्छन् ।
झुकझुकाउने स्वभावमा तिनका उन्मेत्तिपन व्यक्त भइरहन्छ । यी अनुभूतिमा मानिसका चिन्तन चेत लुकिरहेका हुन्छन् । एकै ठाउँमा जरा हालेका रूखबिरुवा जैविक बीज तत्त्व केही अंशमा भमरा र माहुरीहरूजस्ता प्राणीले प्रसारण, प्रत्यारोपण गरिरहेका हुन्छन् ।
यो प्रकृतिको लीला बनेको छ । मानिस चोलाको उही लीलामा प्राकृतिक मौसमी ऋतुको अत्यधिक प्रभाव राखेको छ । मौसमी ऋतुको प्रभाव मानिसका चैतन्य चोलामा उनका चेतनशील चिन्तनले प्रभावकारी भूमिका निर्वाह गर्दछ ।
चेतनामय चिन्तनका प्रभाव देखाउन प्रकृतिले मानिस प्राणीमा १० इन्द्रीय जडान गरेको छ । यी इन्द्रीय अन्य चलायमान/गतिशील पशुपक्षीहरूमा पनि जडित छन् ।
तथापि ती इन्द्रीयहरूलाई विवेकपूर्ण तवरले परिचालन र प्रयुक्त गर्न तिनमा उदीयमान ब्रह्मविवेक भने जडिदिएको छैन । मानिस प्राणीमा तिनकै उचित र सन्तुलित उपयोग गरेर परिचालन गर्ने क्षमता सजाइदिएको छ ।
हेर्नुहोस् भिडियो