७ किलोको बच्चा जन्मने क्रममा काँध अड्किएर मृत्यु

सामान्यतया एउटा नवजात शिशुको तौल ४-५ किलो हुने गर्दछ । तर  ६ हजार ६ सय ६० ग्राम अर्थात करिब ७ किलोको शिशुको जन्म भएको हाे ।

निकै ढिलो अस्पताल ल्याईपुर्याएको कारण शिशुलाई बचाउन भने नसकिएको अस्पतालले जनाएको छ ।अस्पतालका डाक्टर का अनुसार बिहीबार साँझ ६ः५० बजे   ३५ वर्षीया गर्भवती महिलालाई सुत्केरी हुन नसकेपछि अस्पताल ल्याइएको थियो ।

सामान्य रूपमा बच्चा जन्मने संकेत नदेखिएपछि डाक्टरहरूले शल्यक्रिया (सिजेरियन) मार्फत बच्चा निकाल्ने तयारी गर्दा गर्दै बच्चाको टाउकोबाहिर निस्किएपछि शल्यक्रिया गर्न सकिएन । जन्मने क्रममा काँध अड्कियो र बच्चाको निधन भयो,  भन्नुभयो ।

बच्चाको अस्वाभाविक तौलकाे विषयमा पहिले नै जानकारी दिइएको भएपनि शल्यक्रिया गर्न सम्भव हुने उनले बताउनुभयो । उताबाट रेफर गर्दा सबै कुरा नबुझाई पठाइएकाले पनि समस्या भएको उहाँको भनाइ छ ।

योनीद्वारबाट यति तौलको शिशु जन्मिनु नेपालको लागि मात्रै नभई विश्वकै निकै बिरल घटना भएको चिकित्सकहरूले बताएका छन् । ती महिलाको यो चौथो पटकको गर्भाधान हो ।

यस अगाडि उहाँले सामान्य रूपमै ३ वटा बच्चालाई जन्म दिनुभएको थियो ।  ती महिलाको पहिला ३ वटा छोरी जन्मिए पनि अहिले जन्मेको बच्चा भने छोरा रहेकाे थियो । उनका १०, ९ र ३ वर्षका छोरी रहेका छन ।

Post a Comment

Previous Post Next Post