इन्द्र जात्रामा बालेन साहको समर्थन र भिड थामिनसक्नु (हेर्नुस)

काठमाडौं महानगर मेयर बालेन शाह ईन्द्र जात्रामा उप स्तिथि हुने क्रममा देखिएको त्यो हाइ हाइ र समर्थन राष्ट्र पतिको भन्दा धेरै देखिए को थियो भिडिओ समाचारको अन्त्यमा राखिए को छ हेर्नुस-यो पनि थप समाचार -राष्ट्र पति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अवलोकन गरेकी छन् ।

शुक्रवार काठमाडौंको हनुमान ढोका गद्दी बैठक पुगेर उनले इन्द्रजात्राको अवलोकन गरेकी हुन् । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्या याधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद साप कोटा,राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री बालकृष्ण खाण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ,प्रधानसेनापति प्रभुराम शर्मालगायतको उपस्थिति थियो ।

इन्द्रजात्रा अवलोकन अघि राष्ट्रपति भण्डारीले वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजापाठ गरेकी हुन् ।वर्षा र सहकालका देवता रुपमा मानिने इन्द्रलाई पूजा गरी उपत्यकाको विशेष पर्व इन्द्रजात्राको मुख्य दिन कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी,गणेश र भैरवको रथयात्रा पनि गरिएको छ ।

यसैदिन राष्ट्र प्रमुखको रुपमा राष्ट्रपतिले जात्रा अवलोकन गर्ने परम्परा रही आएको छ ।विभिन्न देवी–देवताको गण, पुलुकिसी, सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा आदिले पनि तिनै देवी–देवताको रथसँगै शहर परिक्रमा गरेका छन् ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाराधना ग री मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत जिल्लामा मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धर्मतः इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी–देवता को पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।यसरी लिङ्गो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजो त्थान’ भनिन्छ ।

लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो ।इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

उक्त भिडियो हेर्नुस=

Post a Comment

Previous Post Next Post