पोखरामा रेष्टुरेण्टबाट यस्तो अवस्थामा समातिए नौ जना पुरुष

पोखरा महानगरपालिका–७ पर्यटक बसपा र्कस्थित २३ वर्षीय रेशम सुबेदीको सदाबहार रेष्टुरेण्टभित्र जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई सोमबार राति प्रहरीलेपक्राउ गरेको छ ।

उक्त रेष्टुरेण्टभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीलेउनीहरूलाई नगद ९३ हजार ६ सय २० रूपैयाँ र ५२ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुस न्धान गरिरहेको छ ।

Post a Comment

Previous Post Next Post