नाइट क्लव जाँदा ब’लात्का’रीकाे जालमा परेँ – पिडित नाबालिका (भिडियोसहित)

१८ वर्ष ६ महिनाकी भएँ । झापाबाट प्लस टु सकाएर भर्खरै काठमाडौं थिएँ । मेरी एकजना दिदी थिइन्, साइना लिम्बू । ती दिदी र मैले ह्याङआउट गर्दा दिदीकी साथी कस्मिता (नाम परिवर्तन) सँग भेट भयो ।

चिनजानपछि बाक्लो कुराकानी हुनथाल्यो । एक सातापछि उनले आफ्नो कोठामा बोलाइन् । म गएँ दिनभरि कोठामै बस्यौं ।बलुका दिदीले क्लबमा जाने कुरा गर्नुभयो । मलाई पनि जाउँ जाउँ लाग्यो ।

जाने भए जाम न त’ भनें । त्योभन्दा अगाडि पनि दुई-तीनपटक म क्लब गएकी थिएँ । यो करिब डेढ महिनाअघिको कुरा हो । अहिले फर्केर हेर्दा मबाट पनि केही गल्ती त भएकै थियो । छोटो चिनजानमा कसैलाई भरपुर विश्वास गर्नु गल्ती भयो ।छोरी-चेली मान्छेले राति-राति क्लव गएर ड्रिन्क गरेको भनेर पनि धेरैले मलाई नै नराम्रो सोच्लान् ।

पक्कै पनि यो घटनाले मलाई पाठ त सिकाएको छ । तर, के मैले ड्रिन्क गरेको थिएँ भन्दैमा कसैले ममाथि गिद्धे नजर लगाउने अनुमति पाउँछ ? करणी गर्न छुट पाउँछ ? म यही प्रश्नको उत्तरको खोजीमा छु ।

पीडितले नेपालप्रेसको कार्यालयमा आएर सुनाएको कथा हामीले जस्ताको तस्तै पस्केका छौं । पीडितको अनुरोधमा नाम परिवर्तन गरिएको छ ।

घटनाका आरोपित पक्षसँग सम्पर्क गर्ने हाम्रो प्रयास सफल हुन सकेन । यस घटनाका विषयमा महानगरीय प्रहरी वृत्त दरबारमार्गमा बुझ्दा जाहेरी परेको र अनुसन्धान जारी रहेको बताइयो । -नेपालप्रेसबाट साभार

हेर्नुहोस् भिडियो 

Post a Comment

Previous Post Next Post