आज (सोमबार) घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार ६ सय रुपैयाँ तोकिएको छ।

आइतबार प्रति तोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार १ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रति तोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य स्थिर रहेरसोहि मूल्यमा कारोबार भइरहेको छ।

Post a Comment

Previous Post Next Post