अपडेट : अछाममा पहिरोले पुरिएर ६ जनाको मृत्यु, ३ जना बेपत्ता

अछामको कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ ।कमलबजार नगरपालिका-६।

मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।

उनका अनुसार पहिरोमा पुरिएका अन्य तीन जनाको खोजी भइरहेको छ ।उनकाअनुसार तीनजनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । उनीहरुको उद्दारका लागि हेलिकोप्टर मगाइएको छ ।

Post a Comment

Previous Post Next Post