बास पुरियो, वृद्ध जोडीको बिचल्ली

सेतै फुलेको कपाल । बुढ्यौलीले चाउरी परेको अनुहार । ढालानाथको अनुहारमा केही दिनदेखि बेचैनी बढेको छ । ढुङ्गा, माटो र काठले बनेको दुईतले सुन्दर घरको आँगन ।

आँगनको छेवैमा बनाइएको पर्खालमा गहभरि आँसु पार्दै त्यही घर नियालिरहेको भेटिनुभयो, ढालानाथ ।वडा नं १ कुश्मीशेरा, वडारमा चार परिवार विस्थापित भइसकेका छन् । विद्युत्, खानेपानीको आपूर्तिमा आएको अवरोध भने हटाइएको छ ।

बागलुङ नगरपालिकाले पीडितलाई दैनिक उपभोग्य वस्तुको रूपमा चामल, दाल, नुन तेललगायतको खाद्यान्न वितरण गरिएको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । घटनाका बारेमा प्रहरीले मुचुल्का पनि उठाएको छ ।

घटनाबारे यसअघि नगरपालिका, दैवीप्रकोप उद्धार समिति र सुरक्षा निकायसमेतले अनुगमन गरेको थियो । किसानको बारीका सुन्तलाका बिरुवा नष्ट भएका छन् । कोदोलगायतका अन्न पनि नष्ट भएको छ । पहिराले जोखिम भएपछि गाउँलेहरू त्रसित छन् ।

Post a Comment

Previous Post Next Post