रमाइलाे गर्न नाइट क्लव जाँदा बलात्कारीकाे जालमा परेँ’ पीडित

एक सातापछि उनले आफ्नो कोठामा बोलाइन् । म गएँ दिनभरि कोठामै बस्यौं । बेलुका दिदीले क्लबमा जाने कुरा गर्नुभयो । मलाई पनि जाउँ जाउँ लाग्यो । ‘जाने भए जाम न त’ भनें । त्यो भन्दा अगाडि पनि दुई-तीनपटक म क्लब गएकी थिएँ ।

यो करिब डेढ महिनाअघिको कुरा हो । बिही बारको दिन हामी रेडी भएर निस्क्यौं । उहाँले मलाई प्लाटिनम क्लव लैजानुभयो । क्लबमा हामी दुवैले ड्रिन्क ग¥यौं । डिंन्क गर्दै गफिएर बसिरहँदा त्यहाँ एकजना केटा आयो । ऊ कस्मि ताको फुपूको छोरा रहेछ । नाम ईश्वर श्रेष्ठ रहेछ । दिदीले चिनाउनुभयो । मैले नमस्ते गरें ।

त्यसपछि ऊ गयो । दिदी र म ड्रिन्क गर्दै बस्यौं । एकैछि नमा त्यो दाइ फेरि आएर दिदीको कानमा खै के भन्यो । अनि दिदीले मलाई भन्नुभयो, ‘एलओडी जाने भन्दैछ भाइले, जाने हो त ?’मैले एलओडीको नाम सुनेको थिएँ । ‘जाने भए जाम न त’ भनें । अनि दिदी, उसको भाइ ईश्वर श्रेष्ठ र म एलओडी गयौं । ढोकैमा एकजना केटा पर्खिरहेको रहेछ । पछि दिदीले उसलाई आफ्नो एक्स ब्वाइफ्रेण्ड भनेर चिनाउनु भयो । दिदी त्यो दाइसँग गफ गर्न थाल्नुभयो ।

म भित्र थिएँ ।ईश्वर श्रेष्ठ मसँग बोल्न खोज्दै थियो । तर, मलाई किन किन त्यो मान्छे ठीक लागिरहेको थिएन । मैले उसलाई राम्रोसँग सीधा हेरेको पनि थिइनँ । मलाई ड्रिन्क्स दिएको दियै गरिरहेको थियो । मैले ‘भयो’ भन्दा पनि मलाई ‘टकिला सट’ जबरजस्ती खुवायो । अनि कस्मिता दिदीलाई भनें, ‘दिदी, मलाई गाह्रो भयो । म त ओभर ड्रन्क भएँ । घर जाऔं ।त्यसपछि हामी त्यहाँबाट निस्कियौं ।

दिदीलाई मैले अपार्टमेन्टमा छाडिदिनु भनें । उनले भनिन्, ‘हामी दुवै मातिराछौं । बरु चारैजना एउटा होटलमा गएर बसौं । तिमी र म एउटा कोठामा सुतौंला । उनीहरु अर्को कोठामा सुत्छन् ।

मेरो अपार्टमेन्ट ललितपुरको हात्तीवनमा थियो । त्यहाँबाट टाढा भएकाले दिदीकै आइडिया ठीक लाग्यो । हामी ट्याक्सी चढ्यौं । एकैछिनमा ट्याक्सी रोकियो । अगाडि एउटा होटल थियो । टिबेटियनले बनाएको होटेल रहेछ ।

कस्मिता दिदीसँग छोटो समयमा नजिक भएको भए पनि हामीले धेरै च्याटमा कुराकानी गरेकाले विश्वास थियो मलाई । दिदीको एक्स ब्वाइफ्रेण्ड पनि टिबेटियन नै रहेछ । तर, हामी होटलमा जाँदा कोठा छैन भन्यो ।

त्यसकै छेउमा ‘होलिडे इन’ भन्ने होटेल रहेछ । त्यहाँ हामी चारजना छि¥यौं । रिसेप्सनको भाइले एउटामात्रै रुम छ भन्यो रे ! म साइडमा बसिरहेको थिएँ । त्यो रिसेप्सनको भाइ चाबी लिएर कोठामा आयो ।

अनि म, कस्मिता दिदी र ईश्वर श्रेष्ठ कोठामा गयौं । तेस्रो तलामा थियो कोठा । कोठा खुल्यो । तर, त्यहाँ दुईवटा बेड रहेछन्, एकदमै सानोसानो सिंगल बेड । ईश्वर श्रेष्ठ त कोठामा गएर सुतिहाल्यो । दिदीले भन्नुभयो, ‘एउटामात्रै रुम रहेछ, के गर्ने ?’मैले भनेँ, ‘तपाईं र म बसौं । दुईजनालाई घर पठाइदिऊँ ।

उहाँले ‘ल ल भाइलाई भन्छु’ भन्नुभयो । ईश्वरलाई भन्नु भयो, ‘भाइ तिमी घर जाऊ ।’ तर, त्यो केटाले मानेन । बढी पिएकाले घर जान नसक्ने बतायो । त्यसपछि मैले दिदीलाई भनें, ‘हामी नै जाऔं ।

दिदीले भन्नुभयो, ‘तल एक्स बसेको छ । ऊसँग कुरा गरेर आउँछु ।’दिदी जानुभयो । म त्यही ढोकामा बसें । ५-६ मिनेट बस्दा पनि दिदी आउनुभएन । दिदी त्यही हुनुहुन्छ जस्तो लागेर म अर्को बेडमा गएर सुतें । त्यसपछि मलाई केही याद छैन । बिहान चार बजेतिर गएका थियौं । सुत्दाखेरी साढे चार बजेको थियो होला ।

Post a Comment

Previous Post Next Post