यसरी समातिए जंगलमा प्रेमिकाको हत्यापछि दुई वर्षदेखि फरार रहेका प्रेमी

२०७७ मघ १० गते दिउँसोको फायरलाइन जंगलमा घाँस काट्न गएका स्थानीय व्यक्तिले एक गर्भवती महिलाको हत्या भएको अवस्थाको लाश देखेपछि ईलाका प्रहरी कार्यालय सालझण्डी प्रहरीलाई खबर गर्छन् ।

तत्काल घटनास्थल पुगेको प्रहरीले पूर्वपश्चिम महेन्द्र राजमार्गबाट ८ सय मिटर घना जंगलभित्र पँहेलो स्वेटरले घाँटी कसी रुखको फेदमा बाँधेर हत्या गरिएको र अनुहारमा किरा परिसकेको अवस्थाको उक्त बेवारिसे महिलाको लाशको घटनास्थल र लाश जाँच मुचुल्का गरी पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल बुटबल पठाउँछ ।

सोपश्चात् प्रहरीले ती महिला को हुन् र कहाँही बासिन्दा हुन् भन्ने कुरा पत्ता लगाउन चौतर्फी खोजतलास गर्दछ तर पनि लाशको सनाखत नै हुन नसकेपछि उक्त ज्यान मुद्दाको फाइल हालको साउन महिनासम्म पेन्डिङ अवस्थामा नै रहेको हुन्छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीमा कार्यालय प्रमुखको रूपमा प्रहरी निरीक्षक जगन्नाथ मरासिनी आएपश्चात् पेन्डिङमा रहेको मुद्दाको थप अनुसन्धान गर्ने क्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालयमा २०७७

सालभर हराई हालसम्म पनि फेला नपरेका महिलाहरूको विवरण मगाएर अनुसन्धान गर्छन्तर पनि कहीँकतै कुनै पनि जिल्लामा उक्त हत्या गरिएकी महिलाको सम्बन्धमा कुनै पनि उजुरी वा खोजतलासको लागि दिएको निवेदनसमेत फेला पर्दैन ।

त्यसपश्चात् प्रहरीले ती महिलाको लाशको फोटो र उनले लगाएको कपडा, घडी र माला लिई स्थलगत रूपमै खोजी गर्दछ । रूपन्देही जिल्लामा केही पत्ता नलागेपछि कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा खोजतलासको लागि सई मधु मरासिनीको कमाण्डमा प्रहरी टोली नै खटिएर अनुसन्धानको क्रममा यही साउन महिनामा उक्त हत्या।

गरी छाडिएकी महिला गुल्मी जिल्ला साविक अर्खवाङ वडा नं २ की ३५ वर्षीया बसन्ती भन्ने धनकुमारी अर्याल रहेको खुल्यो ।त्यसपछि प्रहरीले धनकुमारीका बुबा बर्ष ७० का भक्तिराम अर्याललाई गुल्मीबाट झिकाई उक्त लाशको सनाखत गराएको थियो ।

बुबा भक्तिराम अर्यालले लाशको हातमा भएको टाटु, आफ्नी श्रीमतीलाई भनि किनिदिएको घडी श्रीमतीले आफूलाई छोडेर जाँदा नलगेपछि चिनोको रुपमा छोरीलाई दिएको र उनले लगाएको कालो माला र अनुहारको बनावटबाट छोरीको सनाखत गरेका थिए ।

बसन्ती आफैँले नै १५/१६ वर्षको उमेरमा बिहे गरी घरबाट टाढा भएकी थिइन् । त्यहीबीच बुटवलको मगरघाटमा बस्ने क्रममा २०७३ सालतिर उनको कपिलवस्तु शिवराज–७ का काशिराम मुराउसँग भेट हुन्छ जुन समयमा उनी मिस्त्री काम गर्ने भोला लोहारसँग दुई छोरीको साथमा बसिरहेकी हुन्छिन् ।

काशिराम मुराउ तीन छोरी र एक छोराको बाबु हुन्छन् र घरमा श्रीमतीसमेत हुन्छिन । बसन्तीसँगको प्रेममा परेका लोडर ड्राइभर काशिरामको बसन्तीसँग यौन सम्बन्धसमेत हुन्छ र बसन्ती गर्भवती भएपछि दुवै जना कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित बुड्डी भन्ने स्थानमा २०७७ सालको वैशाखको अन्तिम हप्तादेखि कोठा भाडामा लिएर बसोबास गर्दछन् ।

सोही बुड्डीमा बसिरहेको समयमा बसन्तीले घरमा बुबा भक्तिराम अर्याललाई फोन गरी हाल आफू काशिराम मुराउसँग रहेको र उनकै गर्भ मेत रहेकाले आफू चैत महिनातिर सुत्केरी हुने भनी घिउ, बेसार पठाइदिन भन्छिन् ।

तर, सो समयमा काशिरामले बारम्बार गर्भ फाल्नको लागि दबाब दिन्छन् । सो दबाब दिएको कुरामा बारम्बार झगडा भएको र आफूलाई गर्भकै कारण काशिरामले आफ्नो हत्या समेत गर्नसक्ने कुरा बसन्तीले आफ्नी एक साथीलाई बताउँछिन्

Post a Comment

Previous Post Next Post