रोल्पाको हवल्दार कुटपिट प्रकरण : जाहेरी दर्ता, पक्राउ पूर्जी जारी गर्न आनाकानी

माओवादी कार्यकर्ताबाट कुटिएका रोल्पाका प्रहरी हवल्दार रामकुमार बाँठाले न्याय नपाएको गुनासो गरेका छन् ।न्याय माग्दै विभिन्न निकाय र उच्चपदस्थ व्यक्तिलाई गुर्हादा पनि कतैबाट सुनुवाई नभएको उनको दुखेसो छ ।

गत असारमा प्यूठानबाट घर बिदामा जाँदा त्रिवेणी–७,अँधेरी खोलामा उनीमाथि कुटपिट भएको थियो ।माओवादी पार्टीका गाउँपालिकाका उपाध्यक्ष तथा वडा अध्यक्षमा पराजित उम्मेदवार खिमबाबुराजा डि।सीको समूहले उनीमाथि हमला गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयमा कुटपिट विरुद्ध जाहेरी दिन गएका बाँठालाई प्रहरीले नै अन्याय गर्यो ।प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले जाहेरी दर्ता गर्न नमानेपछि हवल्दार बाँठा अहिले न्यायका लागि भौतारिरहेका छन् ।

प्रहरी कार्यालयको बेवास्ता, न्यायलयको चासो

जिल्लास्थित जनप्रतिनिधि र आफ्नै प्रहरी संगठनले न्याय दिन नसकेपछि बाँठा सरकारी वकील कार्यालयको शरणमा गए ।उनले गत साउन १९ गते कुटपिट गर्ने माओवादीका स्थानीय कार्यकर्ता विरुद्ध जाहेरी दिए । जिल्ला प्रहरी कार्यालयले दर्ता गर्न नमानेको जाहेरी सरकारी वकिल कार्यालयमा दर्ता भयो ।

तर, जाहेरी दर्ता भएको एक महिना पुग्दा पनि कानूनी कारबाही अगाडि बढ्न सकेन । आरोपित खेमराजाबाबु डि।सीको समूह विरुद्ध पक्राउ पुर्जी जारी भएन । उनीहरु अहिले खुलेआम घुमिरहेका छन् । समाजमा जीतको डंका पिटिरहेका पीडिक हवल्दार बाँठाको गुनासो छ ।

प्यूठान जिल्लामा कार्यरत बाँठा बुटवल सरुवा भएपछि केही दिनको घर बिदामा गाउँ फर्किदा रोल्पा न।पा स्थित अधँेरी खोलामा कुटिएका थिए । उनलाई खेमराजाबाबु डि।सीको समूहले पिछा गर्दै मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।कुटपिटपछि हवल्दार बाँठाले ज्याने मार्ने उद्योगमा जाहेरी दिन खोज्दा प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले इन्कार गर्दै आए ।

र, उनी स्वंय नै पीडक जोगाउने खेलमा लागे । उनले आफू कानून पालना गराउने अधिकारी भएको पनि बिर्सिए । बरु उल्टै मरणासन्न हुने गरी कुटिएका बाँठालाई घिमिरेले पीडककै अगाडि हप्कीदप्की गरे । उनकै आडमा माओवादीका केही नेता पनि प्रहरी कार्यालयमा खुब कुर्लिए ।

यो रमिता देखेपछि पीडकहरु आफूलाई केही नुहुनेमा ढुक्क भए । र, निर्धक्क भएर प्रहरी कार्यालयबाटै घर फर्किए ।जिल्लाका माओवादी नेताको दबाब र प्रहरी प्रमुखको पार्टीप्रतिको अनुरागले कुटपिट प्रकरण गुपचुप मिलाउन खोजिएको थियो ।

तर, बाँठाले मानेनन् ।घटना भएको लामो समयसम्म पनि जाहेरी दर्ता नहुँदा बाँठाको स्वास्थ्य अवस्था भने जटिल बन्दै गयो ।उनी उपचारका लागि जिल्ला बाहिर जानुपर्ने भयो । उपचारमा बाहिर जाँदा उनलाई एक सहमति पत्रमा हस्ताक्षर गर्न लगाइयो ।

रोहबरम थिए, रोल्पा नगरपालिकाका मेयर धुब्र घर्ती । सहमति पत्रमा खेमराजाबाबु डि।सीको समूहले कुटपिट गरेको स्वीकारे ।उनीहरुले फेरि गल्ती नगर्ने बाचा पनि गरे । अचम्म त के थियो भने,पीडक दोषी हामी हौँ भन्दै थिए डिएसपी घिमिरे सहमतिको पत्रमा हस्ताक्षर गराउन निर्देशन दिँदै थिए ।

Post a Comment

Previous Post Next Post